छाउगोठमै लडेर घाइते शाहीको उपचारमा समस्या

0
Shares

अर्जुन बोहरा, हुम्ला
हुम्लाको सिमकोट गाउँपालिका ७ की १७ वर्षीय लक्ष्मी शाही छाउगोठबाहिर लडेर घाइते भएकी छिन्। घाइते शाहीलाई जिल्ला अस्पताल हुम्लाबाट उपचारका लागि रिफिर गरेको पाँच दिन भइसक्दा पनि आर्थिक अभावका कारण उपचार हुन नसकेको घाइते शाहीकी आमा धनकौरा शाहीले बताइन्।

रजश्वला (छुई) भएको बेला छाउगोठनजिकै चिप्लिएर लड्दा शाहीको दाँया खुट्टाको तिग्राको माथिल्लो भाग पुरै नचल्ने भएको छ। छुई भएको महिलाले घोडा छोएकाले देवता रिसाएको भन्दै धामी कहाँ पुर्याएको बताएका छन्। फाल्गुन २० गते छाउगोठमा लडेर घाइते भएकी लक्ष्मी शाही उपचार गाउँकै धामी, आँन्चीले सन्चो गर्छ भन्ने विश्वाले घरबाट २ वटा बोका वली दिएर उपचार गराउन खोजेको घाइते शाहीकी आमाले बताइन्।

गाउँमा रहेका देवताका मन्दिरमा पूजाआज गरे तापनि सन्चो नभए पछि चैत्र ९ गते मात्रै जिल्ला अस्पताल हुम्लामा पुर्याएको आमा शाहीले बताइन्। धामीझाँक्रीकै भरमा विश्वास गर्नाले पनि सामान्य रुघाखोकी र ज्वरो आउँदा होस् वा पशु बिरामी हुँदाअन्य कारण होस धामीले छुइछाइ नै मुख्य कारण देखाउँद बिरामीबाट सञ्चो गराउने नाममा खसी बोका, भालेको बली दिने र चोखो बनाउन सुनचाँदीलगायत बहुमुल्य धातु देवतालाई चढाउनुपर्ने बाध्य बनाएको बताएका छन्।

धामीको गलत सुझावकै कारणले धेरैको अकालमा ज्यान जाने गरेको सिमिकोट गाउँपालिका–४ निवासी झुब्री शाहीले बताउनुभयो। घाइतेका परिवार नजिक नभएकै कारणले लडेको २ दिनपछि थाहा पाएको आफन्तले बताएका छन्। जिल्ला अस्पताल हुम्लाले पनि घाइते शाहीको उपचार जिल्लामा नहुने भनेपछि उपचारगर्न लैजान आर्थिक अभाव देखिएको छ।

अहिले जिल्ला अस्पताल र महिला विकास कार्यालय हुम्लाले उपचार गर्न शहरतिर लैजानका लागि आर्थिक संकलन शुरु गरेका छन्। जिल्ला स्वाथ्य कार्यालय हुम्लाका डा. रन्जितकुमार यादवका अनुसार घाइतेको अवस्था जांग्र्राको माथिल्लो भागमा नेक अफ फिबर भएको र नेलप्लेटिङ गर्नुपर्ने हुँदा जिल्लाबाहिर रिफर गरेको बताए।