मानवरहित ट््यांकको विकास

0
Shares

बेइजिङ, (एजेन्सी)
चीनले आर्टिफिसियल इन्टेलिजेन्सबाट लेस मानवरहित ट्यांकको परीक्षण गरेको छ। बुधबार चीनको सरकारी अखबार ग्लोबल टाइम्सले यस सम्बन्धमा समाचार दिएको हो। यसै हप्ता सरकारी च्यानलले पनि ती मानवरहित ट्यांकको परीक्षणका तस्वीरहरू देखाइएको अखबारले जनाएको छ।

एक भिडियो फुटेजनमा टाइप ५९ ट्यांकलाई रिमोट कन्ट्रोलबाट सञ्चालित भइरहेको देखिन्थ्यो। ग्लोबल टाइम्सका अनुसार पहिलोपटक चीनद्वारा निर्मित मानवरहित ट्यांक सार्वजनिक रूपमा देखिएको हो।

टाइप ५९ ट्यांक पुरानो सोभियत मोडलमा आधारित हो। चीनमा पहिलोपटक यसको प्रयोग सन् १९५० को दशकमा भएको थियो। त्यसपछि पनि अहिलेसम्म यो मोडलको कयौं ट्याक बनाइसकेका छन्। यो लामो समयसम्म सेवामा रहँदै आएको ट्यांकमा पर्छ।

ट्यांक एन्ड आम्र्ड भेइकलका प्रमुख सम्पादक लियु किंगसानले अखबारसँगको कुराकानीमा टाइप ५९ लामो समयदेखि सेवामा रहेकै कारण आर्टिफिसियल इन्टेलिजेन्सबाट लेस गरेपछि यसलाई मानवरहित ट्यांकमा परिवर्तन गर्न सकेको हो।

मानवरहित ट्यांक अन्य मानवरहित उपकरणहरूसँग काम गर्न सक्छ। स्याटलाइट, लडाकू विमान वा पनडुब्बीबाट प्राप्त सूचनाहरू संकलन गर्न सक्छ। चीनका राष्ट्रपति सी जिनपिङले आफ्नो पहिलो कार्यकालमै सेनाको आधुनिकीकरण शुरू गरेका थिए। यसअन्तर्गत तिनले स्टिल्थ लडाकू विमान र नयाँ विमानवाहक युद्धपोत बनाएका छन्।