अस्ट्रेलिया र बेलायतबीचको पहिलो सिधा उडान

0
Shares

सिडनी, (एजेन्सी)
अस्ट्रेलिया र बेलायतबीचको पहिलो सिधा उडान शुरु भएपछि अस्ट्रेलियाबाट आएको यात्रुवाहक जेट विमान आइतबार लन्डनको हिथ्रोे विमानस्थलमा अवतरण भएको छ। क्वान्टास एयरलायन्सको कल साइन क्युएफ–९ विमान पर्थबाट १७ घन्टा लगाएर १४ हजार ४ सय ९५ किमि तय गरी हिथ्रो आइपुगेको हो।

यो एयरलायन्सले प्रयोग गरिरहेको बोइङ ७८७–९ ड्रिमलाइनर विमानले बोइङ ७४७ ले भन्दा दोब्बर इन्धन बोक्न सक्ने बुझिएको छ। क्वान्टासले अत्यन्तै लामो दुरीका उडानलाई मध्यनजर राख्दै ड्रिमलाइनरको प्रयोग थालिएको हो।

अस्ट्रेलियन ध्वजावाहक क्वान्टासका प्रमुख कार्यकारिणी अधिकारी एलन जोयसले पर्थ– लन्डन वायु सेवालाई निकै उपलब्धिमूलक उडान मार्गको संज्ञा दिएका छन्। यस पहिलो उडानको उद्घाटन समारोेहमा बोल्ने क्रममा उनले यसअघिसम्म अस्ट्रेलिया र बेलायतबीचको ‘कंगारु मार्ग’ मा उड्ने विमानले सात ठाउँमा रोकेर ४ दिन लगाएर उडान पुरा गर्ने गरेको थियो।

यस सिधा उडान सुविधाको कारण पर्यटकको संख्यामा वृद्धि हुने आशा पश्चिमी अस्ट्रेलियाको राज्य सरकारले गरेको छ।

२ सयजनाभन्दा बढी यात्रु र १६ जना चालक दलका सदस्य रहेको सो विमान स्थानीय समयअनुसार शनिबार बिहान ६ बजेर ४९ मिनेट जाँदा पर्थबाट उडेको थियो। सोही विमानबाट लन्डन आइपुगेका पेशाले पायलट तथा लेखक माइकल स्मिथले अबदेखि लामो उडानको निद्रा बिथोलिने र थकाइलाग्दो यात्राबाट मुक्त भएकोमा खुसी लागेको बताएका छन्।