कुख्यात अपराधी पक्राउ

0
Shares

लन्डन, (एजेन्सी)
विगत ७ वर्षदेखि प्रहरीको अत्यधिक खोजीको सूचीमा रहेका १ जना बेलायती पुरुषलाई बुल्गेरियामा पक्राउ गरिएको छ। संयुक्तराज्य अमेरिकामा नाबालकहरूमाथि यौन उत्पीडन गरेको १० वटा अभियोग लागेका ५६ वर्षीय रोय लसेन्स पीएचोकीलाई सन् २०११ देखि इन्टरपोलले खोजी गर्दै आएको थियो। वेस्ट लन्डनको हिल्लींग्टन निवासी पीएचोकीलाई बुल्गेरियाको भेलिको टार्नोभोमा एउटा फ्ल्याट भाडामा लिएर बसिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको हो। अहिले उनी प्रहरी हिरासतमा रहेका छन्। अमेरिकाको एफबीआई, बुल्गेरियाली स्पेसल साइबर क्राइम युनिट र प्रहरीको सक्रियतामा उनलाई पक्राउ गरिएको हो।