बोलिभियाको जेलमा झडप, चार कैदीको मृत्यु

0
Shares

बोलिभिया । बोलिभियाको एक कारागारमा शनिबार साँझ कैदी कैदीबीच भएको झडपमा चार जना बन्दीको मृत्यु भएको छ ।

सो झडपमा परी अन्य १० जना घाइते भएका छन् । अधिकारीले जानकारी दिएअनुसार बोलिभियाको पूर्वी सहरस्थित सान्ता क्रुजमा रहेको एक जेलमा सो झडप भएको थियो ।

यस घटनामा परी चार प्रहरी अधिकारी र छ जना कैदी घाइते भएका प्रहरी प्रमुखले जानकारी दिएका छन् । सो जेलमा गत हप्तामात्र पनि यस्तै झडप भएको थियो ।