![](https://newsofnepal.com/wp-content/uploads/2016/12/sarbo.jpg)
काठमाडौं, (नेस)
रोजगारीका लागि विदेश बस्दै आएका नेपालीहरूले सोही देशबाट मतदान गर्ने व्यवस्था मिलाउन सर्वोच्च अदालतले आदेश दिएको छ।
न्यायाधीश सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मतदान गर्नबाट नरोक्नु भन्दै निर्देशनात्मक आदेश जारी गरेको हो। यद्यपि आदेशमा वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूलाई आफू कार्यरत देशबाटै मतदान गर्ने व्यवस्था गर्नुभनिएको छ।
२०७३ वैशाख १४ गते वैदेशिक रोजगारमा गएकाहरूको मतदानको हक सुनिश्चित गर्न माग गर्दै सामाजिक न्यायका लागि कानुन नीति नियम मञ्च नामक संस्थाले सर्वोच्चमा रिट दर्ता गराएको थियो।