खरायो बन्नुपर्दैन

0
Shares

मनिला, (एजेन्सी)
क्याथोलिक इसाईका सर्वोच्च धार्मिक नेता पोप फ्रान्सिसले कतिवटा सन्तान जन्माउने हो, त्यो तय गर्ने आमाबुबाको अधिकारलाई समर्थन गरेका छन्। उनले रोमन क्याथालिकले बच्चा जन्माउने मामिलामा खरायो बन्नु आवश्यक नभएको बताए। भ्याटिकन प्रस्थान गर्नुअघि पत्रकारसँगको कुराकानीमा पोपले बच्चाको सुरक्षा र जिम्मेवारीपूर्ण हुर्काइलाई चर्चले समर्थन गर्ने बताए। क्याथोलिक हुनलाई खरायो बन्नुनपर्ने र बच्चाहरुको लालनपालन जिम्मेदारीपूर्वक हुनुपर्नेमा उनले जोड दिए। तर समलिंगी अधिकार र परिवार नियोजनलाई लिएर पश्चिमी विचारलाई विकासशील देशमा थोपर्ने काम भइरहेको उनले बताए।