टन्न खाएर तौल कसरी घटाउने !


स्वस्थ जीवन जीउने चाहना सबैको हुन्छ र प्रयास पनि हुन्छ। मानिस स्वस्थ हुनु भनेको घरपरिवार तथा राज्य सम्पन्न हुनु हो। त्यसैले हरेक मानिसले सानो प्रयास गर्दा आफ्नो शरीर स्वस्थ रहनुका साथै घरपरिवार र राष्ट्रकै लागि ठूलो योगदान गर्न सकिन्छ।

यस्ता कुरालाई ध्यान दिएर हरेक व्यक्तिले आफ्नै करेसाबारीमा थोरै मेहनत गरे फल्ने सागसब्जी तथा फलफूलको सेवनमा ध्यान दिए मात्र पनि धेरै फाइदा पुग्छ।

अहिलेको २१औं शताब्दिमा हजारौं मानिस आफ्नो तौल कसरी बढ्न नदिने र चिटिक्क बन्ने भन्ने विषयमा तल्लीन
भएर कोही जिममा कुँदेका हुन्छन् त कोही नियमित खानालाई नै घटाएर क्षणिक तौल घटाएर आवश्यक तत्त्वकोसमेत कमी भएको थाहै नपाई बसेका हुन्छन्।

शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि खाना नखाएर या महिनौं व्यायाम गरेर धेरै समय खर्चिनमा व्यस्त हुन्छन्। यसो गर्दा तौल त घट्छ तर यसका लागि लाग्ने समय अत्यन्तै धेरै हुन्छ। दैनिक खानामा कम गर्दा शुरूमा तौल कम हुन्छ र दंग पर्छन्। तर पुनः पहिलाकै दाँजोमा खाना खान शुरू गरेपछि पहिलाभन्दा दोब्बर मोटोपन बढ्न जाने पोषणविज्ञहरूको ठम्याइ छ।

सजिलै तौल कम गर्नका लागि सामान्य व्यायामपछि तालिका बनाएरै खाजा खानुपर्छ। यसरी बिहानको समयमा खाजा खानाले छिटो भोक नलाग्ने र तौल कम गर्न मद्दत मिल्छ। बिहान सबेरैको कस्तो खाजाले पेट पनि भरिन्छ र तौल पनि कम हुन्छ।

यसरी खाने बिहानको खाजाले पटक–पटक भोक लाग्दैन र तौल पनि घट्छ। जंकफुडलाई त्यागेर माथि उल्लेख गरिएमध्येका खाजा खानाले स्वस्थ जीवन जीउन र तौल घटाउन मद्दत मिल्छ।