पाँच मारिए

0
Shares

नयाँदिल्ली, (एजेन्सी)
जम्मु काश्मिर प्रहरीले आइतबार पुन्छ जिलामा नियन्त्रण रेखामा पाकिस्तानतर्फबाट भएको संघर्ष विरामको उलंनमा एक परिवारका तीन बच्चासहित पाँच जनाको मृत्यु भएको बताएका छन्। घटनामा उक्त परिवारका दुई किशोरी गम्भीर घाइते भएको पनि प्रहरीले जानकारी दिएको छ। पुन्छको बालाकोट इलाकामा पाकिस्तानी सेनाले बिनाकारण गोलाबारी तथा मोटर प्रहार गरेको रक्षा मन्त्रालयका अधिकारीले बताए। पाकिस्तानी सेनाले विशेष गरी नागरिकलाई निसाना बनाइरहेको उनले बताए। पाकिस्तानी सेनाको उक्त गोलाबारीलाई लिएर भारतीय सेनाले जवाफी कारबाही गरिरहेको पनि उनले जानकारी दिए।