प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या प्रयास



कृष्णउदास खनाल, विरगन्ज ।

वीरगन्जमा बुधबार राति गोली प्रहारबाट गम्भीर घाइते भएका पर्साको बिन्दवासिनी गाउँपालिका ३ झौवाटोल स्थायी घर भइ हाल वीरगन्जको रानीघाटमा बस्दै आएका ३५ वर्षीय उमेशप्रसाद चौरसियालाई उनकै श्रीमती प्रियंका चौरसीयाले आफ्नो प्रेमीसंग मिलेर गोली हान्न लगाएको तथ्य सार्वजनिक भएको छ ।

झण्डै १० वर्ष वैदेशिक रोजगारी गरेर फर्किएका उमेश चौरसियामाथि बुधबार राति गोली प्रहार भयो । वीरगञ्ज महानगरपालिका १३ का चौरसिया धागोको ब्यापारी हुन् र उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

सुरुमा चौरसियामाथि आपराधिक समूहले गोली हानेको हुनसक्ने आशंका प्रहरीले गरेको थियो । तर, एक दिन पनि वित्न नपाउँदै प्रहरीले आफ्नै श्रिमतीले यस्तो चाल चलेको पत्ता लगायो ।

बुधबार राति जिल्ला प्रहरी कार्यालय पर्साको अगाडी चौरसियामाथि गोली प्रहार भएको थियो । पर्सा प्रहरीले बिहीबार घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका ४ जनालाई आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा प्रियंका चौरसिया, बारा परवानीपुर गाउँपालिका–१ का २४ बर्षीय विकेन्द्रकुमार गुप्ता, २७ बर्षीय मनोज गुप्ता, वीरगञ्ज १२ मुर्लीका २५ बर्षीय मुन्ना साह कानु छन् । पक्राउ परेकी प्रियंका घाइते उमेशकी पत्नी हुन् ।

प्रियंका काठमाडौंबाटै पक्राउ परेकी हुन् भने अरुलाई वीरगञ्ज बाट पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनामा प्रहरीले मोटरसाइकल र पेस्तोल बरामद गरेको छ । यो

प्रतिक्रिया दिनुहोस्