राजधानीमा ११ सय ३ वटा सवारी कार्वाहीमा



काठमाडौं । काठमाडौंमा ट्राफिक नियम उल्लंघन गर्ने ११ सय ३ वटा सवारी कार्वाहीमा परेका छन । होलीलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पार्न खटीएको ट्राफिकले विभिन्न प्रकारका नियम उलंघन गरेका सवारी कार्वाहीमा परेको जनाएको छ ।

ट्राफिक प्रबक्ता उमेश रञ्जीतकारले नेपाल समाचारपत्रलाई दिएको जानकारी अनुसार कागजपत्र नभएका ३ सय ५१, हेल्मेट नलगाएका ७५ मापासे गरी सवारी चलाएका ८३, तिब्र गतिमा सवारी चलाएका ३२ र ३ जना सवार भएका १२५ जना कार्वाहीमा परेका छन ।

त्यसैगरी होलीको अवसरमा अर्काको इच्छाविपरीत जबर्जस्ती रङ दल्ने, प्लास्टिकको लोला हान्ने, फोहर छ्याप्ने ३ सय ४५ लाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ११ जना महिला र ३३४ जना पुरूष रहेका प्रहरीले जनाएको छ । प्रहरी काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

होलीलाई मर्यादीत र सुरक्षित बनाउनको लागि राजधानीमा १ सय ६ वटा प्रहरी टोली, २० वटा मोबाइल टोली र थप १५ सय प्रहरी परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्