राष्ट्रपति निर्वाचन कार्यालय संसद भवनमा



नेपाल समाचारपत्र, काठमाडौँ ।
यही फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि काठमाडौँको नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

नयाँ संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिको निर्वाचन सम्पन्न गराउन निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको बताइएको छ ।

राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले आगामी २१ गते सोमबारबाट सुरु हुने गरी निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ । २१ गते मतदाता नामावली प्रकाशन गर्ने, २३ गते उम्मेदवार मनोनयन गर्ने र २९ गते राष्ट्रपति निर्वाचनको मतदान हुनेगरी निर्वाचन कार्यतालिका तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्