वर्षका कारण नेपाल र हङकङको खेल प्रभावित



काठमाडौँ । नेपाल र हङकङबीचको अभ्यास खेल वर्षाका कारण सुरु हुन सकेको छैन। जिम्बावेको क्वेक्वे क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो १ बजे सुरु हुने भनेको खेल वर्षाका कारण सुरु हुन सकेको छैन।

नेपालको यो दोस्रो अभ्यास खेल हो। यसअघि नेपालले पहिलो अभ्यास खेलमा यूएईलाई ५ विकेटले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्