रसुवा । चीनको केरुङ जान रोक लगाउने जनप्रतिनिधिले निर्णय गरेका छन् ।
प्रदेशसभा ३ नं रसुवाको ‘ख’ क्षेत्रका सांसद प्रेमबहादुर तमाङले भने ‘बाहिरी जिल्लादेखि बसाइँ सरी अध्यागमन कार्यालयबाट नेपाल–चीन सीमा क्षेत्रका बासिन्दाले पाउने परिचयपत्र प्राप्त गरी केरुङबाट गैरकानुनी सामान आयात गर्न थालेका कारण यस्ता कार्य रोकी रसुवाको प्रतिष्ठा उच्च पार्न नवप्रवेशीको बसाइँ सराइ प्रमाण रोकी विगतमा वितरण भएका परिचयपत्र रद्द गराउने निर्णय भयाे ।’
तातोपानी नाका बन्द भएपश्चात् २०७२ मंसिर १५ गतेदेखि रसुवागढी नाकाबाट सामान आयात निर्यात हुन थालेकाे हाे । सीमा क्षेत्रका बासिन्दाका लागि प्रदान गरिने परिचयपत्र बसाइँ सराइका आधारमा पाउनेको संख्या दुई सयको हाराहारीमा रहेको अध्यागमन कार्यालय, रसुवागढीले जनाएको छ ।
चार आना जग्गा खरिद गरेको भरमा अध्यागमन कार्यालयले प्रदान गर्ने सीमापारको परिचयपत्र प्रदान कार्य बन्द गराउने र प्रदान भएका परिचयपत्र रद्द गराउने प्रक्रिया अगाडि बढाउन रसुवा जिल्लाका जनप्रतिनिधिले निर्णय गरेका हुन । साे निर्णय कार्यान्वयन गराएरै छोड्ने उनिहरूले बताएका छन् ।











प्रतिक्रिया