उपत्यकामा पाँच हजार सुरक्षाकर्मी परिचालन

0
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा होलीलाई लक्षित गरेर प्रहरीले पाँच हजार सुरक्षाकर्मी परिचालन गरेको छ ।

महागनरीय प्रहरी परिसर काठमाडौंले ३ हजार पाँच सय, ललितपुर परिसरले ४ सय र भक्तपुर परिसरले ४ सय ५ सुरक्षाकर्मी परिचालन गरेको हो ।

काठमाडौं प्रहरी परिसरका अनुसार एसएसपी विश्वराज पोखरेलकै कमान्डमा सुरक्षाकर्मी परिचालन हुनेछन् । ललितपुर र भक्तपुरमा भने सम्बन्धित ड्युटी अफिसरको कमान्डमा सुरक्षाकर्मी परिचान हुनेछन् ।

प्रहरीका अनुसार होली पर्व सुरक्षाका लागि पिकेट, सिभिल र मोबाइल गस्तीमा चौबिसै घन्टा प्रहरी खटिने छ । प्रहरीले होलीका नाममा उच्छृंखल गतिविधि गर्नेलाई कडा कारबाही गर्ने बताएको छ ।

त्यस्तै गरी होलीमा जबर्जस्ती रङ तथा लोला हान्ने, मादक पदार्थ सेवन गरेर हुलहुज्जत गर्ने र सवारीसाधन चलाइनेलाई नियन्त्रणमा लिइने प्रहरीले जनाएको छ ।