माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलाई पितृशोक

0
Shares

नेपाल समाचारपत्र, अर्घाखाँची ।
नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलाई पितृशोक परेको छ । रायमाझीका बुबा बिनबहादुर रायमाझीको ८१ वर्षको उमेरमा निधन भएको हो । उनका श्रीमति, दुई छोरा र दुई छोरी छन् ।

उनलाई विगत १० वर्षदेखि मुटुसम्बन्धी समस्या रहेको सन्धिखर्कका स्थानीएले बताएका छन् ।

टोपबहादुर रायमाझी प्रतिनिधिसभा सदस्यमा अर्घाखाँचीबाट निर्वाचित सांसद हुन् ।