वाम गठबन्धन र फोरमबीचको छलफल सहमति नजिक

0
Shares

काठमाडौँ,  वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालका नेताबीच संविधान संशोधन र सरकार विस्तारबारे भएको छलफल सहमति नजिक पुगेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकबारे जानकारी दिँदै फोरमका नेता राजेन्द्र श्रेष्ठले भन्नुभयो, “छलफल जारी छ, हामी बीचमा भएका अनौपचारिक छलफललाई पार्टीमा आन्तरिक छलफल गरी अनुमोदन गर्दै औपचारिक सहमति गरिनेछ ।”

मधेश आन्दोलनका क्रममा उठाएका मागका आधारमा संविधान संशोधनसँगै राजनीतिक सहकार्य गर्नेबारेसमेत छलफल भएको नेता श्रेष्ठको भनाइ छ ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा, (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीपकुमार ज्ञवाली र फोरमको तर्फबाट अध्यक्ष उपेन्द्र यादव र नेताहरु राजेन्द्र श्रेष्ठ, रामसहाय यादवको उपस्थिति रहेको थियो ।
रासस