जेलका सांसद चौधरीलाई छुटाएर सपथ गराउन राजपाको माग

0
Shares

नेपाल समाचारपत्र, कैलाली ।

राष्ट्रिय जनता पार्टीका नेता वृशेषचन्द्र लालले कैलालीबाट निर्वाचित सांसद चौधरीलाई सपथ लिने र संघीय संसदको काम कारबाहीमा सहभागी हुने व्यवस्था गर्न संघीय संसद सचिवालयसँग माग गरेका छन् ।

आगामी आइतबार संघीय संसदमा निर्वाचित सदस्यहरुले सपथ लिँदैछन् । सोही विषयमा समेत छलफल गर्न संघीय संसद सचिवालयले बुधबार बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय जनता पार्टी, नेपालले सांसद चौधरीलाई सपथ लिने र संसदको काम कारबाहीमा भाग लिन पाउने व्यवस्था गर्न माग गरेको हो ।