हरिया रुखहरु काटेर सडक निर्माण



सञ्जय कार्की, रौतहट । बनफडानी गरेर निर्माण गरिएको सडक लाई बैधानिकता दिन लागिएको छ । सडक बनाउने नाममा काटिएका हरिया रुखहरुको लगत तथ्याक भने जिल्ला बन कार्यालय संग छैन ।

बनफडानी भएर सडक निर्माण गरिरहदा भने जिल्ला बनकार्यालय रौतहटका कर्मचारी निरिह बनेका छन । जिल्ला बन कार्यालय रौतहटको स्वीकृति बिनानै साल, पिपल, जामुन, कर्मा, बाझी, भुर्कुट लगायत प्रजातिका ५ सय भन्दा बढि रुखहरु कटान गरेर जङ्गलसैया धन्सार सडक निर्माण गरिएको छ । काटिएका रुखहरुको गोलियाको घाटगध्दि काहा गरिएको छ भन्ने बिषयमा जिल्ला बनकार्यालय अनभिज्ञ रहोके छ ।

अधिकास गोलिया र दाउरा हराएको छ । जङ्गलको बीच भएर निर्माण गरिएको सडकको बैधानिकता दिन नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड ) बाट उदद्धाटन समेत गराइएको छ । सडक निर्माणको लागि बाग्मति सिचाई आयोजना, डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरको स्काईभेटर, लोडर प्रयोग गरिएको छ । चन्द्रपुर नगरपालिकाको बारुण यन्त्र बाट धुलाम्मे बाटोमा पानी हाल्ने काम भएको छ । बाताबरण र पर्याबरणमा हास आउने गरी बन फडानी गरिएको छ यस्को छानबिन हुन सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी उद्धब थापा समेत यस्तो फडानी भैरहदा मौन बसेका थिए । बन बिनाश गरेर निर्माण गरिएको १४ किलोमिटर सडकको दायाबाया १२ मिटर चौडाई र १ मिटर उचाई रहेको छ । १ महिना १६ दिनमानै बन फडानी गरेर सडक निर्माण गरिएको छ । उक्त सडक निर्माण भएपछि डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सुमन योगेश र जिल्ला बन कार्यालय रौतहटका प्रमुख बनअधिकृत दिर्घनारायण कोईराला लाई सम्मान गरिएको छ ।

उहाहरु लाई नेकपा माओबादीका अध्यक्ष प्रचण्ड बाट सम्मान गरिएको हो । जनप्रतिनिधिनै सम्मिलित भएपछि बनकर्मचारी समेत अबैध रुख कटान नियन्त्रण गर्न सकेका छैनन । बन ऐन ०४९ अनुसार बनभित्रको कुनैपनि ठाडो रुख कटान गर्न मन्त्रिपरिषदको निर्णय हुनु पर्ने प्राबधान रहेको तर रौतटको ती दुबै बनक्षेत्र भित्रका रुख कटानको अनुमति बिनानै कटान गरिएको छ ।

ईलाका बन कार्यालय जङ्गलसैयाका सहायक बन अधिकृत सोन्फि पासवानले आदेश बिनानै रुखहरु कटान भैरहेको बताउनु हुन्छ । जिल्ला वन कार्यालय रौतहटका प्रमुख दीर्घनारायण कोइरालाले स्वीकृत आदेश र अनुमति बिनानै त्यसक्षेत्रमा रुख कटान भएको स्वीकार गर्नु भयो । उहाले रुख कटानको नियन्त्रण गर्न खोज्दा नसकिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्