अठार बर्षको उमेरमा तिन सन्तानकी आमा



बलबिबाह अन्त्यकालागी छलछल गदै बंगल नगरपालिका ९ देउलीकोटकी महिला तस्बीर / ललित सिंह

ललित सिंह, बझाङ्ग । कालो अक्षर चिनेकै छैन ९ बर्षको उमेरमा कल्पनाको छिमेकी गाउँको १२ बर्षिया केटा संग मागि बिहे भयो १४ बर्षको उमेरमा पहिलो सन्ताकी आमा बनेकी उनी अहिले तेस्रो सन्ताकी आमा बनेकी छन । आफुले बिहे गर्न नमाने पनि बाबु आमाको बाध्यताले बिहे गरेको बताउने कल्पनाका साथमा अहिले तिन नावलक छोरी रहेका छन ।

आफनो उमेर ६ महिनामो हुदा आमा बिरामी भएको र उपचार गर्न पैसा नभए पछि छिमेकी गाउँको एक ब्यतिm बाट १५ हजार नगदमा आफुलाई ठुलो भए पछि बिहे गरिदिने शर्तमा बाबुले बिक्रि गरेको हुदा आफुले बालबिबाहको मार खेपनु परेको उनले बताए ।

सानो छदा केहि थाहा भएन १४ बर्षको उमेरमा एका एक पहिलो सन्तान जनमियो त्यस पछि दोस्रो र अहिले १८ बर्षमा तेस्रो सन्ताकी आमा बनेकी छु छोरा नजनमाएको भन्दै परिवारले बिभिन्न दुख दिने गरेका छन । श्रीमान तेस्रो छोरी जन्मेको भोलि पल्ट भारत गए परिवारले निकै दुख दिने गरेको बुगल नगरपालीका ३ की कपल्ना बाहेराले बताइन ।

उनले भनिन ‘न्याय खोज्न कहाँ जानु पर्छ थाहा छैन । अहिले घर बाट निकाला गरेको छ । माईतीको सहारामा बस्तै आएकी छु । परिवारका सबैले किनेर ल्याएको तेरो आमाको प्रणा बचाएको भनेर जवाफ लगाउने कुटपिट गर्न गरेको छन ।’

कल्पना एक नमुनाकी पात्र मात्र हुन उनी जस्तै अर्की अनिता बोहरा पनि १२ बर्षको उमेरमा आफनो बिहे भएको र १५ बर्षको उमेरमा छोरा जन्मे पछि एक बर्ष नपुग्दै श्रीमानको घाँस काटने क्रमा भिड बाट लडेर मृत्यु भए पछि अहिले निकै दुख भोग्नु परेको बताउछीन ।

उनी भन्छिन उमेरले १९ बर्ष भयो संगैकी साथि संगी बिद्यलायमा पढदै छन । मैले बिद्यवा हुनु परेको छ । कसरी जिवन काटने निकै पिडामा छु । परिवार संगै गाउँलेर पाईटोका भनेर हेला गर्न गरेका छन ।

कक्षा ५ मा पढदै गर्दा चार बर्ष अघि ६ कक्षा मा पढने गाउँकै केटा संग मेरो बिहे भयो मलाई त्यति खेर बिहे गरेको हो भन्ने लागेको थिएन । रमाईलो गरे होला मैले स्कुल पढन पाउछु । होला जस्तै लागेको थियो । बिस्तारै पोईली घरमा पठाउने काम गरियो अहिले मन भए र पनि बिद्यालय छोडनु परेको रमीत बोहराले बताए ।

उनले भने गाउँमा सबैले १६ बर्ष नपुग्दै छोरीको बिहे गरि दिने गरेका छन । दैनिक घाँस दाउरा र चुलो चोकोमा हाम्रो जिवन चलेको छ । संसार केहो महिलाको अधिकार केहो थाहा छैन । चुनावको समयमा गाउँमा मतमाग्न आएका नेता सबैलाई बालबिबाह रोग्न पहल गरिदन साुमहिक अनुरोध गरेका थियो । लागु भएको छैन माघ र फागुनको १२ गते सम्म १३ बालिकाको उमेर नपुग्दै बिहे भएको छ । सबैको पन्चै बाजा बजार हो । राज्यको गाउँ सम्म पुहँच पुगेको छैन । आफुले सदरमुकाम चैनपुर एक्कलै पुग्न सकिदैन ।

राज्यले बिहे बारी २० बर्ष पारी भन्ने निति बनाएको छ बालबिबाह गरिन लागेको जोकोहिले पनि थाहा पाएर हामीलाई खबर गर त्यस्तो परिपारवारका सदस्यलाई कानुन अनुसार काबिर्हकोलागी प्रहरी प्रशासनमा खबर गरिने महिला तथा बालबालिका कार्यालय बझाङ्गका प्रमुख लिला घलेले बताए ।

उनले भने हामीले सदरमुकाम वरपरका गाउँमा बालबिबाह पुर्ण रुपामा रोक्न लगाएका छौ बिकटका गाउँमा बालबिबाह संगै जारी प्रर्था , धन प्रर्था जबरजस्ती प्रथा कायमै रहेको छ । यसलाई हटाउन हामीले मात्र सम्भव हुदैन । अभिभावक , प्रशासन र स्थानिय राजनितिक दल र निवाचित जनप्रतिनिधिले बढि चाँसो दिनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्