ओली–प्रचण्ड भेटघाट: सरकार विस्तारका विषयमा छलफल

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा अध्यक्ष दाहालले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएका छन् ।

सोमबार अपराह्न ४ बजे मन्त्रीको शपथ ग्रहण गराउने तयारी भएकाले पार्टीको तर्फबाट मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाइएको बताइएको छ ।
माओवादी केन्द्रले नेता रामबहादुर थापाको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दोस्रोपटक मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् । यही फागुन ३ गते ओली नेतृत्वमा वाम गठबन्धनको सरकार गठन भएको थियो ।

यसै मन्त्रीपरिसद् विस्तारको बिशेष छलफलको लागि उनीहरुले वार्ता गरेको बताएका छन् ।