काेकाे छन चार बजे शपथ ग्रहण गर्ने मन्त्री ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तारको तयारी गरेसँगै आज चार बजेका लागि शपथ ग्रहण कार्यक्रम तय भएको छ ।

फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका नेकपा एमालेका अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र र सकेसम्म मधेशी जनाधिकार फोरम नेपाललाई समेत समेटेर मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् ।

हाल मन्त्रिपरिषद् तीन सदस्यीयमात्र छ भने पछिल्लो संशोधित कार्यसम्पादन नियमावलीअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ मन्त्रालय हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले आज ४ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको जानकारी दिए । एमालेले अर्थ तथा योजना र केन्द्रले गृह मन्त्रालयसहित विभिन्न मन्त्रालयको जिम्मेवारी लिने आपसी सहमति भइसकेको बुझिएको छ । दुवै दलले मन्त्री चयनको अन्तिम निर्णयको अधिकार पार्टी अध्यक्ष एवं शीर्ष नेतालाई दिएका छन् ।

शपथ ग्रहणा राष्ट्रपति भवन शीतल निवासमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्