यी हुन माओवादी केन्द्रबाट बन्ने मन्त्रीहरु



नेपाल समाचारपत्र, काठमाडौँ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार प्रधानमन्त्री ओलीलाई मन्त्रीको नामावली बुझाएका छन् ।

नामावलीमा रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा माओवादी सरकारमा सहभागी हुने प्रचण्डले ओलीलाई जानकारी गराएको बताइएको छ ।

सथै माओवादीबाट मन्त्री बन्नेहरुमा गिरिराजमणि पोखरेल, मातृका यादव , विना मगर, वर्षमान पुन , शक्ति बस्नेत र जनार्दन शर्मा पनि मन्त्री बन्ने पक्का भएको बताइएको छ ।

तर, मन्त्री बन्ने पक्का हुँदा पनि उनीहरुलाई कुन मन्त्रालय दिने भन्ने बारे कुनै टुंगो नलागेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्