रेशम चौधरीले गरे कैलाली जिल्ला अदालतमा आत्मसमर्पण



नेपाल समाचारपत्र, धनगडी ।

टीकापुर घटनाका मुख्य फरार अभियुक्त रेशम चौधरीले सोमबार जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका छन् । उनी फरार रहेकै अवस्थामा राष्ट्रिय जनता पार्टी, कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचीत भएका थिए । उनले चुनाव जितेको प्रमाणपत्र भने पाउन सकेका छैनन् ।

७ भदौ २०७२ मा टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक, एसएसपी लक्ष्मण न्यौपानसहित ८ सुरक्षाकर्मीको हत्या भएको थियो । घटनाको मुख्य योजनाकार चौधरी भएको दाबी गर्दै मुद्दा परेपछि उनी फरार थिए । यद्यपी, चौधरीले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्