वाम कार्यदल बैठक: प्रतिवेदन फागुन २५ मा बुझाइने

0
Shares

काठमाडाैं ।  नेकपा माअाेवादी केन्द्र मुख्यालय पेरिसडाँडामा बसेकाे वाम कार्यदलकाे बैठक सकिएकाे छ ।

एमाले र माअाेवादी केन्द्रकाे विधान तथा संगठनात्मक कार्यदलकाे संयुक्त बैठकमा दुबै पक्षका नेताहरूले  एकताकाे लागि अहिलेसम्म भइरहेका कार्य बारेमा अनुभव साटासाट गरेका छन् ।

विधान कार्यदलमा एमालेबाट माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली तथा रघुजी पन्त तथा माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुसाल र देवेन्द्र पौडेल रहेका छन्।

संगठनात्मक कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे बेदुराम भुसाल र रघुवीर महासेठ तथा माओवादीबाट रामबहादुर थापा बादल, गिरिराजमणि पोखरेल, मातृका यादव, वर्षमान पुन र जनार्दन शर्मा रहेका छन्।

दुबै पक्षका फरक फरक कार्यदलले शनिबार भएकाे पहिलाे संयुक्त बैठकमा अाफ्नाे तर्फबाट बनाइएका याेजना पेश गरेकाे एमाले नेता गाेकर्ण  बिष्टले बताए ।

कार्यदलकाे अर्काे बैठक फागुन १५ गते एमाले मुख्यालय धुम्बाराहीमा बस्नेछ ।  कार्यदलले अाफ्रनाे प्रतिवेदन फागुन २५ गते गठबन्धन नेतृत्वलार्इ बुझाउने  याेजना बनाएकाे  नेता बिष्टले जानकारी गराए ।