झापामा १ हजार १५ जनामा हात्तीपाइले भेटियो

0
Shares

झापा । जिल्लामा १ हजार १५ जनामा हात्तीपाइले रोगको संक्रमण देखिएको छ । जनस्वास्थ्य कार्यालयले विहीबार पत्रकार सम्मेलन गर्दै त्यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

शहरी क्षेत्रका सर्वसाधारणले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन नगरेका कारण उनीमा त्यस्तो समस्या आएको जनस्वास्थ्य अधिकृत वेदप्रकाश घिमिरेले बताए।

जिल्लामा अहिलेसम्म छैठौं पटक औषधि वितरण गरिए पनि हात्तीपाइले समस्या नघटेकाे उनको भनाई छ ।
सरकारले झापासहितका २४ जिल्लामा फागुन १२, १३ र १४ गते हात्तीपाइले विरुद्धको औषधि वितरण गर्दैछ ।

जिल्लामा १ लाख ४८ हजार ९ सय ६६ जनालार्इ औषधि सेवन गराइने जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।