स्पाइनल फ्ल्युड चोरी

0
Shares

इस्लामावाद, (एजेन्सी)
पाकिस्तानका प्रहरीले महिलाहरूको ढाडको तरल पदार्थ ‘स्पाइनल फ्ल्युड’ चोरी गरेका ४ जनालाई पक्राउ गरेको छ। ती अभियुक्तले महिलाहरूलाई पन्जाब सरकारबाट आर्थिक मद्दत लिइदिने प्रलोभन देखाउँदै त्यसका लागि उनीहरुको रगत जाँच गर्नुपर्ने बताउने गरेको प्रहरीले जानकारी दिए। तर उनीहरूले रगतको सट्टा ती महिलाको स्पाइनल फ्ल्युड निकाल्ने गरेको र त्यसको कालोबजारी गर्ने प्रयास गरेको प्रहरीले बताए। उक्त समूहले १२ महिलाको स्पाइनल फ्ल्युड चारेको र त्यसमा एक नाबालिक पनि रहेको जनाइएको छ।