सिनेटमा हिन्दू महिला

0
Shares

इस्लामावाद, (एजेन्सी)
पाकिस्तानको सिनेट सदस्यमा अल्पसंख्यक हिन्दू सम्प्रदायका तर्फबाट कृष्णा कोहलीले उम्मेदवारी दिएकी छिन्। पाकिस्तानको थरपारकरकी कोहले बुधबार सिनेटको चुनावका लागि चुनाव आयोगमा आफ्नो उम्मेदवारीका लागि मनोनयन पत्र भरेकी थिइन्। पाकिस्तान पिपुल्स पार्टीले कृष्णा कोहलीलाई सिन्ध प्रान्तबाट सामान्य श्रेणीमा उम्मेदवारमा चयन गरेको हो। कोहली आफू पाकिस्तानको इतिहासमा संसद्मा पुग्ने अवसर पाएकी थरपारकर इलाकाकी पहिलो महिला भएको बताइन्। उनले यसका लागि पीपीपीका नेता बिलावल भुट्टोलाई धन्यवाद दिएकी छिन्।