खानेपानी उपभोक्ता समिती गठनको विवादले हात हालाहाल

0
Shares

सरिता चलाउने, सल्यान । सल्यानको बन्गाड कुपिण्डे १ सल्लीवजारमा खानेपानी उपभोक्ता समिती गठन प्रक्रियामा चरम विवाद उत्तपन्न भएको छ ।

जिल्ला खानेपानी तथा सरफाई डिभिजन कार्यालयबाट क्रमागत रुपमा सल्यानको सल्लीवजारमा ४ करोड बराबरको लिफ्टींङ खानेपानीको आयोजना पर्ने भए पछि समिति गठनमा विवाद मचिएको छ । वडा नं १ वडा अध्यक्ष शान्त कुमार यरीको समन्वयमा ३ महिना अघि दोर्ण यरीको अध्यक्षतामा भएको उपभोक्ता समिती गठन प्रक्रिया वैधानीक नभएको र गोप्य कोठामा सीमीत व्यक्तीहरुकलाई मात्रै जानकारी दिएर सिमिती गठन भएको आरोप छ ।

पुनः फेरी अर्को समिती गठन गर्न खोज्दा हिजो वेलुकी एमाले एमाले विचमै हात हालाहालको अवस्था सिर्जना भएको छ । साथै नेकपा माओवादि केन्द्रका प्रतिनीधी शंकर यरीका अनुसार ३ महिना अघि भएको समिति गठन वैधानीक नभएको र त्यो केवल व्यक्तीगत समिती गठन हुनुका साथै होटल तथा नास्ता पसलको गोप्य कोठामा समिती गठन हुन नसक्ने उनले वताए ।

आफुहरुलाई कुनै जानकारी नभएको वजार वासिलाई समेत त्यो कुरा कसैलाई थाहाँ नभएको उहाँको भनाई छ । सवैलाई भेला गरेर समिती गठन गर्दा उपयुक्त हुने उहाँको धारण रहेको छ ।

नेकपा एमालेको वडा कमिटी उपाध्यक्ष समेत रहेका दोर्ण यरीले भने आफ्नो अध्यक्षता भएको खानेपानी समिती वैधानीक भएको,सवैलाई भेला मार्फत समिती गठन निमार्ण गरेकोले पुन फेरी अर्को समिती गठन गर्नु आवश्यक नहरेकोले आफुले नयाँ वन्न लागेको समितीको माइन्युट च्यातेको वताउुनु भयो । आफुले मैन्युट च्याते पछि भोला पुन र छवि पुनले आफुलाई आक्रमण गरेको वताएका छन् ।

तर यता छवि पुनले भने च्यात्न खोजेको मैन्युन खोस्न खोज्दा धकेला धकेल मात्रै भएको र आक्रमण भन्ने कुरा र घाईते भएको कुरा नाटकका रुपमा लिएको वताउनु भयो । बरु उल्टै उनिहरु लाठि लिएर उनिहरुको समुह हामी नयाँ वन्ने समीती माथि आक्रमण गर्न खोजेको पुनको दावि छ ।

समिती गठन प्रक्रियामा विवाद भए पछि र दोहरो झडपको स्थीती सिर्जना हुन थाले पछि इलाका प्रहरी कार्यलय सल्लीवजारले भिडलाई नियन्त्रणमा लिइएको थियो । यता नगरपालीकालाई समेत सल्लीवजारमा खानेपानीको आयोजना सुरु हुने भए पछि नगरलाई समेत थाहै नदिई वडाले मात्रै र वडाको सिफारिले मात्रै काम अघि वढेको थियो ।

तर नगरपालीकासँगको समन्वय र सिफारि आवश्यकता पर्ने भए पछि पुन छलफल तथा भेलाको आयोजना गरिएको एमाले नगर सचिव गुञ्जमान वुढाले वताउनु भयो । पुरानो निमार्ण भएको समिती भन्दा पुुन अर्को भेला आयोजना गरि समिती गठन गरेरे पठाउनु पर्ने भएकोले केहि साथीहरुले आफु अध्यक्ष हुन नपाईने भए पछि माइन्युट च्यातेको आफुलाई समेत हातपात गर्न खोजेको उहाँको आरोप छ ।