ढुङ्गाले लागेर चिनिया नागरिकको मृत्यु

0
Shares

चिरञ्जीवी मास्के, दोलखा । दोलखाको विगु गाविस वडा नम्बर १ लामाबगरमा निमार्णधिन राष्ट्रिय प्राथामीकताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा साईड ईन्जिनियरको काम गर्ने चिनिया नागरिकको ढुङ्गाले लागेर मृत्यु भएको छ ।

आयोजना अन्र्तगत सिनो हाईड्रो कम्पनिमा साईड इन्जिनियर रहेका ४९ बर्षिय चिनिया नागरिक सन लिङलङको सोमवार विहान ड्याम साईडमा ग्राउण्डीङ सर्किटको काम गर्ने क्रममा बाहिरी साईडबाट अचानक ढुङ्गा खसेर लाग्दा मृत्यु भएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।

ढुङ्गाले लागेर घाईते भएका सन लिङलङलाई उपचारको लागि अस्पताल लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।