घाइते मज्दुरका दुबै हात काट्नपनि पैसा भएन !

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत । कामको खोजीमा पर्वत देखि दाङ्गको घोराही पुगेका एक मज्दुरलाई करेण्ट लाग्दा गम्भीर घाइते भएका छन ।
पर्वतको कुस्मा नगरपालिका वडा नं १४ आर्थर काहुले घर भएका रामबहादुर बिकलाई करेण्ट लाग्दा गम्भीर घाइते भएका हुन । घर निर्माणको क्रममा करेण्ट लागेपछि घाइते भएका ५७ बर्षिय बिकको दुबै हात काट्नुपर्ने भएको छ ।

गाउँघरमा ‘रामुदाई’ भनेर चिनिने बिक डेढ दशक देखि आर्थर काहुलेबाट मज्दुरी गर्न पोखरामा झरेका थिए भने दुई बर्ष देखि दाङ्गको घोराहीमा निर्माण मज्दुरको रुपमा काम गर्दै आएका थिए । घोराही उपमहानरपालिका –१० नारायणपुरमा स्थानिय राम खनालकी कान्छी श्रीमती गंगा खनालको घर निर्माणका क्रममा गएको पौष २१ गते उनलाई करेण्ट लागेको थियो । घरमा छानो लगाउने क्रममा टिन उचाल्दा बिजुलीको तारमा छोइएपछि बिकलाई हात र खुट्टामा करेण्ट लागेको उनका भाई बुद्धिबहादुर सुनार(धने)ले जानकारी दिए ।

बिकको एउटा हात काटिएको छ भने अर्को हातको पञ्जा पनि काट्नु पर्ने डाक्टरले बताएका छन । दुबै खुट्टा कामै नलाग्ने गरि जलेका छन । अहिले मृगौलामा पनि गम्भीर असर परेको रिर्पोट देखिएको बुद्धिले जानकारी दिए । मृगौलामा समेत गम्भीर असर भएकाले दुई दिनमा एक पटक डायलसिस गर्न बिर अस्पताल पु¥याउँदै आएका छन । दुबै मृगौलाले समेत काम नगर्ने अवस्था आएको बुद्धिले बताए । अहिले जलेका बिरामीहरुको उपचार हुने किर्तीपुर अस्पताल काठमाण्डौमा बिकको उपचार भैरहेको छ ।

काम गरेर खाने मज्दुरको दुबै हात काट्नुपर्ने अवस्था आएपछि के हालत होला , अझै उपचारका लागि आर्थिक अभाब भएपछि पिडा र अभाबमा अस्पतालको बेडमा छटपटाउँदै बस्न बाध्य भएका छन । ‘काम गरेर खाने मज्दुरको दुबै हात काटिएपछि के होला’ बुद्धि सुनार भन्छन ‘उपचारका लागि पनि खर्च अभाबमा अस्पतालमै बस्नु परेको छ भने भबिश्वयमा केटाकेटी कसरी पाल्ने भन्ने चिन्ता छ’ । सुनारका ४ छोरा र दुईछोरी छन । जेठा छोराका नाति नातिना पनि जन्मेका छन ।

गाउँघरमा सबैभन्दा कठिन काम र मज्दुरी गर्नु प¥यो भने सबैले रामुलाई सम्झन्थे । घरको दलिन बोक्न होस वा सबैभन्दा ठुलो धानको थैलो उठाउन पनि उनै रामु चाहिन्थे । आर्थर काहुले मात्रै होइन छिमेकी गाउँमा पनि उनको साहस, बल र सहयोगी भावनाको सबैले प्रशंसा गर्दै आएका थिए । गाउँमा सिकर्मी र डकर्मीको काम गर्ने रामु अहिले किर्तीपुर अस्पतालमा जीवन र मरणको दोसाँधमा छटपटाईरहेका छन । उनको उपचारका लागि परिवारले सहयोगको याचना गरेका छन ।

‘अझै अस्पतालमा कति समय बस्नुपर्ने हो थाहा छैन’ भाई बुद्धिले भने ‘उपचारका लागि पनि आर्थिक सहयोगको खाँचो छ’ । नेपाल बिद्युत प्राधिकरणबाट क्षतिपुर्ती नपाए बिकको परिवार भोकभोकै हुनुपर्ने अवस्था समेत आउने उनले जानकारी दिए ।