नेटवर्किङ्ग मार्फत ठगी गर्ने पाँच जना पक्राउ

0
Shares

यमलाल भुसाल, बुटवल । नेटवर्किङ ब्यवसायमार्फत् विगत लामो समयदेखि सर्वसाधारणलाई ठगि गर्दैआएका पाँच जना अभियुक्तहरुलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

नेपालका तराई तथा पहाडी जिल्लाहरुबाट जागिर लगाइदिने र राम्रो कमिसन पाईने भन्दै सर्वसाधारण नेपालीहरुलाई भारतको विभिन्न शहरमा पु¥याई उनीहरुबाट पैसा असुल्ने गरेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

बुधबार भैरहवामा पत्रकार सम्मेलन गरेर विभिन्न आश्वासन दिने तर जागिर पनि नलगाइदिने पैसा पनि फिर्ता नगर्ने अभियोगमा पक्राउ परेका ५ जनालाई सार्वजनिक गरेको हो ।

भारतको गोरखपुरमा कार्यालय रहेको ड्रिम डेभलपर्स टे«डमार्ट प्रा.लि.मा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने लम्जुङ दोर्दी गाउँपालिका वडा नं. ५ का दर्पण लामा र दाङ लमही नगरपालिका ४ का कुशलराम चौधरीलाई पक्राउ गरेको छ । उनीहरुलाई ३७ लाख ८५ हजार विगोसहित अदालतमा मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।

चौधरी र लामा विरुद्ध पीडित ३९ जनाले कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दर्ता गरेका थिए । यस्तै भारतकै बनारसमा रहेको विनविन टे«डमार्ट प्रा.लि.मा नेपालीहरुलाई पु¥याई ठगी गर्ने धादिङ रोराङ गाउँपालिका ३ का ज्ञानेन्द्र मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले मगर विरुद्ध २३ जनाले जाहेरी दर्ता गरेको जानकारी दिनुभयो । मगरसँग ७६ लाख ८३ हजार को विगो दावी गरिएको छ ।

यस्तै भारतकै कुशीनगरमा रहेको फुलटन टे«डमार्ट प्रा.लि.मा जागिर लगाइदिने बाहनामा ठगी गर्ने काभ्रेपलाञ्चोक खानीखोला गाउँपालिका ३ का चन्दितसिंह मोक्तान र बारा निजगढ नगरपालिका १२ का दावा लामा पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरु विरुद्ध १८ जनाले कारवाहीको माग सहित जाहेरी दिएको र उनीहरुलाई ३७ लाख ५८ हजार विगो दावी सहित मुद्धा दायर गरिएको प्रनाउ पाण्डेले बताउनुभयो ।
प्रहरीका अनुसार उनीहरुले नेपालका विभिन्न गाउँगाउँमा पुगेर सिधासाधा नागरिकलाई एजेण्टमार्फत् सम्पर्क गराई भारतका तीनवटा नेटवर्किङ कम्पनीहरुमा काम लगाइदिने भन्दै ठगी गर्दै आएका थिए ।

प्रहरी तथ्याँक अनुसार ती कम्पनीमा काम लगाइदिने भन्दै ठगी गर्ने २९ जना अभियुक्त अझै फरार छन् । आर्थिक वर्ष ०७३÷०७४ मा यसरी एजेन्टमार्फत् भारत प्रवेश गर्न लागेका ५ सय १६ र ०७४÷०७५ को पुससम्म ३ सय २७ जना पुरुष तथा महिलाहरुलाई सीमा क्षेत्रबाट उद्धार गरी परिवारको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।