भ्रष्टाचारको प्रमाण नष्ट गर्न सशस्त्र प्रहरीको लेखामा आगजनी गर्ने हवल्दार श्रेष्ठ पक्राउ



काठमाडौँ । सशस्त्र प्रहरी बलको मुख्यालयको लेखा शाखाको आगलागीमा संलग्न रहेको आशंकामा सशस्त्र प्रहरीका हवल्दार रामकृष्ण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका श्रेष्ठले नै आगो लगाएको देखिएकाले पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका डिआइजी गणेश केसीले जानकारी दिए । गृह मन्त्रालयबाट गठित छानविन समितिले मंगलबार हवल्दार श्रेष्ठलाई पक्राउ गरेको हो । गत सोमबार राति एक बजे मुख्यालयको लेखा शाखामा आगलागी भएको थियो । आगलागीका कारण अख्तियारको छानबिनका क्रममा रहेका महत्वपूर्ण कागजपत्र नष्ट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्