तमोर नदिमाथिको पुल निर्माण पुन सुरु, चैत्र अघिनै सकिने



रविन भट्टराई, ताप्लेजुङ । ताप्लेजुङको दुईवटा क्षेत्र जोड्ने तमोर नदि माथिको मोटरेवल पुल निर्माणको कार्य पुन सुरु गरीएको छ । विभिन्न कारण देखाउँदै आठ वर्षदेखि निर्माण हुन नसकेको दोभानमा रहेको तमोर नदीमाथीको पुल पुन गत मंसिर अन्त्य देखि निर्माण सुरु भएको हो ।

तमोर करिडोरको उत्तरी ढोका मानिएको पुल फागुन मसान्तसम्ममा सक्ने गरी काम थालिएको तमोर करिडोर आयोजनाका प्रमुख कुबेर नेपालीले बताए । खोलाको वहाव घटेकाले अहिले दु्रत गतिमा काम भइरहेकोले यस पटक भने बहाव बढ्नु अघिनै निर्माण सक्ने तयारी रहेको नेपालीको भनाई छ ।

केहि दिनमानै पुल जोड्नका लागि टेकाईने खम्बा उठाईसक्ने र त्यस पछि पुल जोड्न सुरु गरीने उनको भनाई छ । चैत नलाग्दै सम्पन्न गर्ने गरी सबै संयन्त्रको परिचालन गरेर काम भइरहेको उनको दावि रहेको छ ।

१० करोडको लागतमा निर्माण गर्ने गरी २०६६ सालमा कन्काई, मैनाचुली र याक्थुङ्हाङ गरी तीन वटा कम्पनीले सडक डिभिजन कार्यालय इलामसँग सम्झौता गरेका थिए । तर ठेकेदाले सम्झौता अनुसार काम नगर्दा पुल निर्माण नभई अलपत्र परेको थियो ।

दुई वर्ष अघि निर्माण कार्यले केहि गति पाए पनि तमोर नदिमा आएको बाढिले निर्माणधिन पुलका सबै सामाग्रि बगाएपछि निर्माण कार्य पुन रोकिएको थियो । जिल्लाका स्थानिय, पुर्व संसद, प्रमुख जिल्ला अधिकारी तथा ताप्लेजुङबाट राजधानि गएर बसेका स्थानियको दबावमा यो वर्ष भने ठेकेदार कम्पनिले समयमै काम सक्ने गरी काम सुरु गरेको स्थानियको भनाई छ ।

तमोर नदि पारी पनि सडक निर्माण भएको र वारि पनि सडक निर्माण भएर सवारी सञ्चालन भए पनि विचमा पुल नहुँदा वारीपारी यातायात सञ्चालनमा समस्या हुँदै आएको छ ।

चीन र भारतलाई छोटो दूरीमा जोड्ने निर्माणधिन तमोर करिडोर पनि यही पुल हुँदै जानेछ । तेह्रथुम, संखुवासभा हुँदै धनकुटा, धरान र विराटनगर पूर्वका प्रमुख शहरसँग ताप्लेजुङको सम्बन्ध यसै पुलले जोड्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्