‘पार्टी एकताविरुद्ध जाने जोकोहीलाई कडा कार्वाही हुन्छ’

0
Shares

भक्तपुर,(नेस) । नेकपा एमालेका नेता पार्वत गुरुङले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताविरुद्ध जाने जोकोहीलाई कडा कार्वाही हुने बताउनसभएको छ ।दोलखाली पत्रकार समाजले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा समृद्ध राष्ट्र निर्माणका लागि जनताले मत दिएको हुँदा पार्टी एकताविरुद्ध कुनै पनि नेता कार्यकर्ताले बोल्न नहुने बताउनुभयो ।
नेता गुरुङले पार्टी एकताविरुद्ध जानेलाई आम मतदाताले नै बहिष्कार गर्ने बताउँदै बाम गठबन्धनलाई जनादेश मुलुकको समृद्धिका लागि नै भएकोले पार्टी एकतामा अवरोध गर्ने र जनभावनाविपरित जानेलाई जनताले नछाड्ने उल्लेख गर्नुभयो । गुरुङले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रको नेतृत्व गर्ने जनादेश प्राप्त भएकोले अब बन्ने सरकारको नेतृत्व उहाँले नै गर्ने दाबी गर्नुभयो ।उहाँले जनमतको कदर गर्दै दोलखा र देशकै समृद्घि र बिकासका लागि जिम्मेवार भएर काम गर्ने बताउनुभयो । प्रतिनिधि सभा सदस्य गुरुङ दोलखा जिल्लाबाट प्रतिनिधिसभामा सबैभन्दा बढी मतअन्तरमा विजयी भएका थिए ।
कार्यक्रममा बोल्दै एमालेका पोलिटव्यूरो सदस्य एवम् दोलखा प्रदेशसभाका सदस्य पशुपति चौलगाईंले दोलखालाई समृद्ध बनाउन लागि पर्ने प्रतिवद्धता व्यक्त गर्दै आफू ईमान्दारिता,कृयाशिलता र निन्तरताको कसीमा जाँचिन तयार रहेको बताउनुभयो ।नेता चौलागाईंले दोलखाको समृद्धिका लागि जलविद्युत् उत्पादनको कामलाई उच्च प्राथमिकता दिने बताउँदै दोलखाको समृद्घि र बिकासलाई राष्ट्रको अभियानमा गाँस्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष दिलीप थापा मगर ,प्रेस चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेत,प्रेस युनियनका केन्द्रीय महासचिब अजयबाबु शिवाकोटी,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य टेकराज थामी, भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी ,दोलखाली पत्रकार समाजका संस्थापक अध्यक्ष बालकृष्ण बस्नेत,समाजका सल्लाहकार बलराम थापा,रमेश खड्का,पत्रकार चन्द्रशेखर कार्की,डण्ड गुरुङ,मकर श्रेष्ठ,भेषराज घिमिरे ,बरिष्ठ कलाकार मदननदास श्रेष्ठ, लगायतले गुरुङलाई केन्द्रीय सरकारको मन्त्री र चौंलागाईलाईं प्रदेश नं ३ को मुख्य मन्त्रीको लागि शुभकामना दिंदै उहाँहरुलाई जनभावना बुझेर काम गर्न सुझाब दिनुभयो ।