पिस सिटीद्धारा न्यानो कपडा बितरण

0
Shares

पोखरा । सेवा नै धर्म हो हामी सेवा गर्छौ मुल मन्त्र बोकेको लायन्स क्लब अफ पोखरा पिस सिटीले तनहुँ जिल्ला भिमाद नगरपालीका २ टक्रेभञ्ज्याङ स्थित श्री बालबिकास निम्न माध्यामीक बिद्यालयमा स्वीटर र खेलकुदका सामाग्री बितरण गरेको छ ।
शुक्रवार बालबिकास निम्न माध्यामीक बिद्यालयका सहायक प्रधानाध्यापक मुक्तिराम सिग्देलको स्वच्छीक अवकासको अवसरमा आयोजित बिदाई कार्यक्रममा बिद्यालय प्राङगणमा आयोजित एक समारोहमा पिस सिटीका अध्यक्ष, पुर्व अध्यक्ष पदाधिकारी लगाएतले स्वीटर र खेलकुदका सामाग्री बितरण गरेका थिए ।
क्लबले उक्त बिद्यालयमा पुस्तकालयको स्थापना देखि बिभिन्न समयमा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण, स्टेशनरी साथै खेलकुदका सामाग्री बितरणका कार्यहरु गर्दै आईरहेको छ ।
न्यानो कपडा बितरण समारोहका प्रमुख अतिथि जोन चेयरपर्सन रघुनाथ अधिकारीले लायन्सले गर्ने मानविय सेवा कार्य अन्र्तगत दुर दराजमा रहेका सर्बसाधारण जनताका घर आँगनमा सञ्चालित सामुदायिक बिधालयमा स्तरिय सुविधा सम्पन्न पुस्ताकालय सञ्चालन एवं बिद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार छात्राछात्रलाई न्यानो कपडा बितरण गरि समाजको चेतनाको स्तरलाई उकास्न ग्रामीण बस्तीहरुका बिद्यालय र समुदायमा शैक्षिक समाग्रीहरु बितरण गर्नु रहेको बताए ।
उक्त कार्यक्रममा बिधालय ब्यबस्थापन समितिका अध्यक्ष ईमान सिं थापा, बिद्यालयका प्र अ राम्जी सिग्देल, छिमेकी बिद्यालय रघु मा बि का शिक्षक घनश्याम लम्साल, सेवा निबृत शिक्षक मुक्तिराम सिन्देल, बिद्यालय बाल क्लबका अध्यक्ष कमला थापा लगाएतले बिद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार छात्राछात्रलाई न्यानो कपडा बितरणका साथैे बिधालयहरुमा स्तरिय पुस्ताकालाय सञ्चालन गरेर समग्र समाज प्रति अतुनिय कार्य गरेको बताउदै लायन्सको यस सहयोगको उचित र ब्यवस्थित ब्यवस्थापन गरि आकर्षक पुस्ताकालय बिस्तारमा लाग्ने बताए ।
लायन्स क्लब अफ पोखरा पिस सिटीका अध्यक्ष जिवन ढुंगानाकोे अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका सस्थापक अध्यक्ष सुदीपराज ढुंगाना, निवर्तमान अध्यक्ष किशोरमोहन भट्ठराई, पुर्व अध्यक्ष टंकराज अधिकारी, प्रथम उपाध्यक्ष हरीराम पराजुली, लगायतले आ–आफ्नो भनाई राखेका थिए ।
सामाजिक बिकासका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्ने बिषयलाई ध्यानमा राखी क्लबले स्थानिय श्रोत र साधनको अधिकतम परिचालनबाट सामाजिक सेवाका कार्यलाई अगाडि बढाउदै आईरहेको क्लबका अध्यक्ष जिवन ढुंगानाले जानकारी गराएका थिए ।