झापाका ईटा उद्योगमा बालवालिका प्रयोग



उत्तम नेपाल, भद्रपुर । झापामा सञ्चालित अधिकांश ईटा उद्योगले बाल मज्दुर प्रयोग गर्ने गरेको पाइएको छ । नेपाल सरकारको नीति अनुरुप बाल श्रमशोषण गर्न नपाइने कानुन निर्माण गरेपनि ईटा उद्योगले कानुनको उलङघन गर्दै श्रमशोषण गराइरहेको पाइएको हो ।
जिल्लामा सञ्चालित दुइ दर्जन भन्दा बढी ईटा उद्योग रहेका छन् । हल्दीवारी गाउपालिक २ देउनिया खोला नजिकमा रहेको झापा इट्टा,भद्रपुर नगरपालिका स्थित घोडामारामा रहेको केबि आइ,डिभिआइ,नायक,कचनकवल गाउपालिकाम रहेको एसविआइ,ज्योति लगायतका उद्योगहरुमा खुलेआम बालवालिका प्रयोग गरेको पाइएको छ । भारतीय मजुदरमा निर्भर ईटा उद्योगले बाल मजदुर प्रयोगमा कुनै अबरोध गरेको पाइदैन ।
नेपालमा ईटा बनाउने मज्दुरको अभाव भएका कारण भारतको विभिन्न स्थानवाट परिवारसहित मज्दुरी गर्न पुर्वी नेपालका उद्योगमा आएका बालवालिका त्यसको सिकार बन्ने गरेका छन् । पढ्ने समयका बालवालिका परिवारको आर्थिक अवस्था कमजोर भएका कारण आफनो घरमा वसेर पुस्तक समाउने समयमा परिवारसँगै हिलो माटो समाउन बाध्य भएका छन् । उद्योगमा ६ वर्ष देखि १४ वर्षसम्मका बालवालिकाले काम गरिरहेको भेटिएको छ । उनिहरुका परिवारसगै काम गरिरहेका छन् ।
परिवारका सदस्यलाइ यस बारेमा जानकारी गराउदा आर्थिक अवस्था कमजोर भएकोले पैसा कमाएर पढाउने बताउँछन् भने कुनै सदस्य भने विद्यालय बन्द भएकोले नानीले केहि सहयोग गरेको बताउँछन् । एक हजार ईटा तयार पारेमा साँढे ५ सय भारतीय रकम पाउने भएकोले बढी र छिटोको लागि बालवालिका पनि सामेल गराएको बताएका छन् । हल्दीवारीमा रहेको झापा ईटा उद्योग परिसरमा पुग्दा त्यहाँ भारतीय बालबालिका उनीहरुको परिवारसंग काम गर्दै आइरहेको पाइएको थियो ।
बालबालिकालाई श्रमशोषण गराउनु कानुनी अपराध हो भन्ने बारेमा भारतीय मजदुरलाई प्रश्न राखेपछि नेपाली भाषा नबुझ्ने मजदुरका परिवार हिन्दी र बंगाली भाषामा बोल्दै भने, ‘आर्थिक अवस्था कमजोर भएकोले पैसा कमाउन भारतबाट परिवारसहित नेपाल आएका हौ ।’ ‘छोराछोरीलाई काम गराएको होइन, मजुदर सन्तोष दासले भने, ‘छिटोछरितो काम सिध्याउन आमाबुबालाई सघाएको मात्र हो ।’ यहाँ हरेक मजदुरका छोराछोरी विद्यालय पढछन, ‘अहिले हामीसंग आएकोले काम गरिरहेका छन्, उनले थपे अहिले झापा लगायत मोरङ र सुनसरी जिल्लामा सञ्चालित इटा उद्योगमा भारत पश्चिम बंगला कुचविहार, सिलगुढी, जलपाईगुढी र दिनहाटाका मजदुरका परिवार बालबालिकासहित काम गर्दै आइरहेका छन् ।
झापा इट्टा उद्योगका मालिक जनार्दन न्यौपानेले भने आफनो उद्योगमा बालमज्दुर शुन्य रहेको दाबी गरेका छन् । चार वर्षसम्म उद्योग परिसरमानै बालवालिका हेरचाहको शिक्षण संस्था सञ्चाल गरिसकेकोले बाल श्रमशोषणको बिरुदमा रहेको मान्छेले यस्तो गलत कार्य नगरेको उनि बताउछन् । छिटफुट त्यस्तो फेला परेमा उनिहरको गन्ति नहुने र ज्याला पनि नपाउने गरेको उनको भनाइ छ । उद्योगमा रहेका कर्मचारीको आखा छलेर गरेको बारे आफुलाइ थाहा नभएको उनले बताए ।
महिला तथा बालबालिका कार्यालय झापाका निमित्त महिला अधिकृत उमा अधिकारीले झापामा भर्खरै सरुवा भएर आएकोले यस बारेमा आफुलाई जानकारी नभएको बताइन् । उद्योगले त्यसरी बालबालिकालाई श्रमशोषण गर्न नपाउने भन्दै उद्योग सञ्चालकले उद्योग परिसरमै शिक्षण संस्था खोलेर बालबालिकालाई शिक्षा दिनुपर्ने उनले बताइन् ।
राज्यले बालबालिका सम्बन्धि ऐन २०४८ बालबालिका सम्बन्धि नियमावली २०५१, बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ कमैया श्रम (निषेध) ऐन, २०५८, बाल न्याय कार्यविधि नियमावली २०६३ एवं नेपालको संविधान २०७२ भाग ३ को धारा ३९ मा उल्लेख भए अनुसार कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइने छैन् भनि उल्लेख गरिएको छ ।

तर, उद्योग सञ्चालकले राज्यले बनाएको कानुनको धज्जी उडाउँदै बालबालिकाबाट श्रमशोषण गराउँदै आएका छन् । बालबालिका सम्बन्धि ऐनको उपधारा (४), (५), (६) र (७) विपरीतका कार्य कानून बमोजिम दण्डनिय हुनेछ र त्यस्तो कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भनि उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्