![](https://newsofnepal.com/wp-content/uploads/2017/12/Untitled.png)
काठमाडौं।नेपाल आयल निगमले १५ दिनकै अवधिमा दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निमगले पेट्रोल,डिजल र मट्टितेलको मूल्य लिटरमा एक/एक रुपैयाँ बढाएको हो।हवार्इ इन्धन र एलपीजीको मूल्य भने यथावत राखिएको छ।इन्डियन आयल कर्पोरेशनले महिनामा दुर्इ पटक मूल्य सूची पठाउँछ। प्रत्येक १५ दिनमा पेट्रोल,डिजल र मट्टितेलको र १ तारिखमा सबै पेट्रोलियम पदार्थको मूल्य पठाउने गर्छ।डिसेम्बर १५मा पेट्रोल,डिजल र मट्टितेलको बढेको मूल्य बढाएकोले यहाँ पनि समायोजन गरिएको हो।
अब पेट्रोल १ सय १ रुपैयाँ र डिजल तथा मट्टितेल ७८ रुपैयाँ पर्छ।निगमका प्रवक्ता वीरेन्द्र गोइतले स्वचालित मूल्य संयन्त्रका आधारमा १५ दिनमा दुर्इ पटक मूल्य बढाइएको बताए।उनका अनुसार नयाँ मूल्य निर्धारणपछि पनि निगमलार्इ ११ करोड रुपैयाँ घाटा छ।अन्तर्राष्ट्रिय बजारमा लगातार कच्चा पदार्थको मूल्य बढेकोले निगमलार्इ मूल्य बढाउन चाप परेको हो।