प्रत्यक्षतर्फ एमालेलाई सबैभन्दा बढी सिट

0
Shares

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ को मत परिणाम सार्वजनिक भएसँगै प्रत्यक्षतर्फको मत गणना सकिएको छ । सम्पन्न मत गणनाको अन्तिम नतिजा अनुसार वाम गठबन्धनले सबैभन्दा बढी सिट हासिल गरेको छ ।

निर्वाचन आयोगको तथ्यांक अनुसार प्रत्यक्षतर्फको प्रतिनिधिसभा सदस्यमा नेकपा एमाले अग्र स्थानमा छ ।

नेकपा एमालेले ८०, नेकपा माओवादी केन्द्रले ३६, नेपाली कांग्रेसले २३, राष्ट्रिय जनता पार्टीले ११, संघीय समाजवादी फोरमले १० र अन्यले ५ स्थानमा प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेका छन् ।

समानुपातिक तर्फको मतगणना भने जारी नै छ ।