मतपेटिकामा २० रुपैयाँको नोट भेटिएपछि सुनसरी ३ को मतगणना स्थगित

0
Shares

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ को मतगणना स्थगित भएको छ । दुवै नेताबीच मत अन्तर झिनो हुँदै गएको बेला मतपेटिकामा २० रुपैयाँको नोट भेटिएको थियो। सो विषयलाई लिएर विवाद हुँदा मतगणना स्थगित भएको हो। अझै झण्डै २० हजार मतगणना बाँकी रहेको छ।

रुखुमा स्वास्तिक चिन्ह भएको नौवटा अर्धकट्टी भेटिएपछि एमालेले उक्त मत बदर गर्नुपर्ने अडान लिएको छ, भने कांग्रेसले सदर गर्नुपर्ने भन्दै आएको छ। विवाद नमिलेपछि मतगणना स्थगित भएको हो। अर्धकट्टी सहितको नौ वटा मतपत्र भेटिएको थियो ।

सुनसरी ३ मा वामगठबन्धनका उम्मेदवार भगवती चौधरी र नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारबीच कडा प्रतिष्पर्धा भइरहेको छ। मतगणना रोकिनुअघि वामगठबन्धनकी चौधरीले १५५ मतले लिड गरेकी छिन् भने गच्छदारले मतान्तर घटाउँदै लगेका छन्।

भगवतीको २९३२६ मत आएको छ भने गच्छदारको २९१७१ मत आएको छ। करिब २० हजार गन्न बाँकी रहेको बताइएको छ।