आज सार्वजनिक बिदा


काठमाडौं, (नेस)
सरकारले आज शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्मदिनको अवसरमा बिदा दिने निर्णय गरिएको हो। साथै, इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा पुस १० गतेसमेत सार्वजनिक बिदा दिने गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ।