मन्त्रिपरिषद्को निर्णय आचारसंहिता विपरित, आयोगलाई टेर्दै टेरेन सरकारले !


काठमाडौँ । निर्वाचन आचारसंहिता विपरित राज्यकोषको दुरुपयोग गरिरहेकको सरकारले निर्वाचनलाई प्रभावित गर्ने महत्वपूर्ण निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आचारसंहिता लत्याउँदै विभिन्न नियुक्ती र दीर्घकालीन महत्व राख्ने निर्णय गरेको छ । आचारसंहिता विपरित सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा अवदेशकुमार त्रिपाठीलाई नियुक्त गरेको छ । त्यसैगरी सरकारले मकवानपुरको रातोमाटेदेखि चौकी टोलसम्मको पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथको मार्गलाई राजमार्गबाट हटाउने निर्णय गरेको छ । त्यस्तै रातोमाटेदेखि राप्ती पुलसम्म तीन किलोमिटर वाइपासलाई राजमार्गका रूपमा निर्माण गर्ने निर्णय गरेको छ । निर्वाचनलाई प्रभावित गर्नेगरी उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापाको निर्वाचनको स्वार्थलाई पुरा गर्ने गरी यो निर्णय भएको छ । मन्त्रिपरिषद् बैठकले अर्का मन्त्री विक्रम पाण्डेका तर्फबाट मतदाता प्रभावित गर्न नारायणघाट–मुग्लीन सडक खण्डअन्तर्गत आँपटारीदेखि पुल्चोकसम्मको सडकलाई शहरी सडक कायम गर्ने निर्णय गरेको छ ।