रुखमा छाप हानेका ५० मतपत्रसहित नुवाकोटमा मतदान अधिकृत पक्राउ

0
Shares

नुवाकोट । कांग्रेसको चुनाव चिन्ह रुखमा छाप लगाएका ५० वटा मतपत्रसहित नुवाकोटमा एकजना मतदान अधिृकत पक्राउ परेका छन् ।

जिल्लाको क्षेत्र नम्बर २ स्थित ताराकेश्वर–२ मा रहेको श्रीकृष्ण उच्च मावि मतदान केन्द्रका अधिकृत अर्जुनबहादुर बस्नेत रुखमा छाप लगाएका ५० वटा मतसहित समातिएका हुन् ।

रुखमा छाप लगाएर मतपेटिकामा खसाउन लागेको अवस्थामा उनलाई स्थानीयबासी र वाम गठबन्धनका कार्यकर्ताले समातेर प्रहरीलाई बुझाएका थिए ।

पक्राउ परेका बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय नुवकोटतर्फ ल्याइरहेको छ । यसबारेमा मुख्य निर्वाचन अधिकृतको कार्यालयलले केही प्रतिक्रिया दिएको छैन ।