रुकुममा पुर्वमा ६५ प्रतिशत र रुकुम पश्चिममा ६६ मत खस्यो

0
Shares

बाँफिकोट र आठविसकोटको २ बुथमा मतदान स्थगित
धनवीर दाहाल,रुकुम । रुकुममा पुर्वमा रहेका ४२ मतदान केन्द्रमा शान्ति पुर्ण रुपमा मतदान सम्पन्न भएको छ । प्रदेश नं ५ मा पर्ने रुकुम पुर्वमा समग्रमा ६५ प्रतिशत मत खसेको मुख्य निबार्चन कार्यालय रुकुम पुर्वले जनाएको छ । रुकुम पुर्वका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाका अनुसार रुकुम पुर्वका दुर्गम मतदान केन्द्र पेल्मा,रन्मा, मैकोट र सिस्नेबाट शोमबार मात्र हेलीकप्टरमा मतपेटिका सदरमुकाम रुकुमकोट ल्याइने छ भने अन्य मतदान केन्द्रको मतपेटिका सार्ने काम भइरहेको छ । रुकुम पुर्वमा शान्ति पुर्ण रुपमा मतदान सम्पन्न भएको छ । यस्तै रुकुम पश्चिमका १११ मतदान केन्द्रमा केही सानातिना घटना बाहेक समग्रमा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको छ । सुरक्षाको हिसावले संबेदनसिल मानिएको भएपनि रुकुम पश्चिममा मतदाताले उल्लासमय रुपमा मतदान गरेका छन् । आठविसकोट नगरपालिका र बाँफिकोट गाँउपालिकाका ति २ मतदान केन्द्र बाहेक अरु सबै मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा सम्पन्न भएको र ति मतदान केन्द्रका बुथको मतदान स्थगित गरिएको सहायक निबार्चन अधिकृत तेजप्रसाद पौडेलले बताउनुभयो । यस्तै सुरक्षाको कारण टाढाका मतदान केन्द्रका मतपेटिका शोमबार बिहान मात्रै सम्बन्धीत ठाँउबाट सदरमुकाम मुसिकोट ल्याइने छ । रुकुम पश्चिमका केही मतदान केन्द्रमा मत हाल्नका लागी अपांगदेखी क्रियापुर्ती सम्म सहभागी भएका थिए । रुकुम पश्चिममा समग्रमा ६६.२१ प्रतिशत मत खसेको मुख्य निबार्चन अधिकृतको कार्यालयले जनाएको छ ।
यसै गरी रुकुमका (पश्चिम) का दुई वटा मतदान केन्द्रमा प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका लागि मतदान स्थगित भएको छ । बाँफिकोट गाउँपालिका ५ काँडाको रत्न मावि मतदान स्थलको (क) मतदान केन्द्रको प्रतिनिधि सभा सदस्य र आठविसकोट नगरपालिका ११ को नेपाल राष्ट्रिय मावि मतदान स्थलको (ख) मतदान केन्द्रको समानुपातिक तर्फको मतदान स्थगित भएको हो । मतपेटिकामा आगलागी भएपछि तत्कालका लागि दुवै मतदान केन्द्रको मतदान स्थगित भएको बताईएको छ । मतपेटिकामा एसिड अथवा अन्य कुनै केमिकल हालिएको हुन सक्ने आशंका गरिएको छ । आग लागीबाट दुवै मतपेटिकामा कति मतपत्रमा क्षेति पुग्यो भन्ने खुल्न सकेको छैन । यसबारेमा निर्वाचन आयोगमा जानकारी गराएको र अब कहिले निर्वाचन गराउने भन्नेमा निर्णय नसकेको सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिनुभयो । उक्त मतदान केन्द्रमा प्रतिनिधि र समानुपातिक बाहेक अन्य सदस्यको निर्वाचन सम्पन्न भएको छ । आठबिसकोट नगरपालिका वडा नं ११ गत्तासैना मतदान स्थलको (ख) मतदान केन्द्रमा भएको घटनामा संलग्न भएको भन्दै कांग्रेसका प्रतिनिधि केशववहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भने उक्त घटनापछि अवस्था तनावपुर्ण हुँदा प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको थियो । त्यस्तै रत्न माबि बाँफिकोटको (क) मतदान केन्द्रमा भएको घटनामा संलग्न भएको भन्दै प्रहरीले कल्पना के.सीलाई नियन्त्रणमा लिएको जनाएको छ ।