कायरो । इजिप्टको एउटा मस्जीदमा भएको बम हमलामा परी मृत्यु हुनेहरुको संख्या ३०५ पुगेको छ ।
मृत्यु भएका मध्ये २७ जना बालबालिका रहेको र अरु १२८ जना घाइते भएको सरकारी संचार माध्यमहरुले शनिबार जनाएका छन् ।
घटनामा परी घाइते भएकाहरूको स्थानीय विभिन्न अस्पतालहरूमा उपचार भइरहेको समाचारमा जनाइएको छ ।
घाइतेहरु मध्ये केहीको अवस्था अझै पनि जटिल रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने चिकित्सकहरुले अनुमान गरेका छन् ।
आतङकबादीहरुले इजिप्टको उत्तरी क्षेत्रमा पर्ने सिनाईमा रहेको एउटा मस्जीदमा शुक्रबार बम र गोली प्रहार गरेका थिए ।
हरेक शुक्रबार साप्ताहिक प्रार्थनाका लागि मुस्लीम धर्माबलम्वीहरू ठूलो संख्यामा मस्जीदमा भेला हुने गर्दछन् ।
आक्रमणकारी आइएस लडाकूहरूले प्रार्थनाका लागि मस्जिदमा आएका सुफी समुदायलाई लक्षित गरेर हिंसात्मक हमला गरेका हुन् ।
हमलापछि सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ भने नागरिकहरु त्रसीत अवस्थामा रहेको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया