लाखौँ नगदसहित बाबुरामका कार्यकर्ता पक्राउ


गोरखा (नेस) । गोरखाको जौबारीमा लाख नगद र चुनावी प्रचार सामाग्रीसहित नयाँशक्ति पार्टीका कार्यकर्ता पक्राउ परेको जौबारी इलाका प्रहरी जनाएको छ । प्रहरीले पक्राउ परेका ५ जनालाई जौबारी इलाका प्रहरी कार्यालयमा राखेको बताएको छ ।

अजिरकोटबाट भालुस्वरातर्फ आउँदै गरेको ग २ च १७१५ नम्बरको जीप गाडीमा उक्त नगद र प्रचार सामाग्री भेटिएको स्थानीय भनाई छ ।

पक्राउ पर्नेहरूमा गोरखा नगरपालिका – १० का डिलमान गुरुङ , गाडी चालक गोरखा – ११ का दिपेन्द्र सुनार, गोरखा नगरपालिका – १० का अम्बरबहादुर गुरुङ छन् । त्यसैगरी गोरखा – ८ का खुशबहादुर थापा र गोरखा नगरपालिका – ६ का भरतकुमार श्रेष्ठसमेत पक्राउ परेका छन् ।