रुकुममा पहिलो भोट मन्त्री शर्माको आफैलाई !



धनवीर दाहाल, रुकुम । बिनाबिभागिय मन्त्री जनार्दन शर्माले पहिलो भोट हालेका छन् । उनले पहिलो भोट आफैलाई हालेका हुन् । माओबादी केन्द्रका नेता एवं रुकुम पश्चिम प्रतिनिधि सभाका उम्मेदवार शर्माले सबैभन्दा आफैंलाई मतदान गरेका छन् । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट नगरपालिका,५ को यमुनानन्द नमूना मावि क मतदान केन्द्रबाट शर्माले मतदान गरेका हुन् ।
शर्मा २०६४ को पहिलो संविधानसभा र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा रुकुम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । त्यस बखत उनले मतदान गर्ने मतदान केन्द्र उनको निर्वाचन क्षेत्रमा नपर्ने भएकाले अर्कैलाई मतदान गरेका थिए । यस पटक भने शर्माको मतदान केन्द्र उनकै निर्वाचन क्षेत्रमा परेको छ । शर्माले मतदान गरेको केन्द्रमा १२५५ जना मतदाता रहेका छन्

प्रतिक्रिया दिनुहोस्