वाम गठबन्धनले शासन गरे लोकतन्त्रलाई खतराः देउवा

0
Shares

नवलपरासी । प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले शासन गरी लोक्तन्त्र समाप्त गर्न खोजेको आरोप लगाएका छन् । असन्न प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा वाम एकता गरी दुई तिहाई बहुमत ल्याएर लोक्तन्त्र समाप्त गर्ने खेलमा रहेको अरोप लगाए ।

कम्युनिष्ट जन्मेको देशहरुमा कम्युनिजम नभएको तर नेपाल ल्याउन खोजेको प्रधानमन्त्री देउवाको आरोप रहेको छ । नवलपरासीमा कांग्रेसद्वारा आयोजित चुनावी आमसभामा देउवाले देश अहिले चनौतीपुर्ण मोडमा रहेको समेत बताए । तानाशाही सासनले देशमा विकास नहुने देश विकासको लागि लोक्तन्त्र नै ठिक भएको उनको ठम्याई रहेको छ ।

कार्यक्रममा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले स्थिरतलाई खल्बलाउनका लागि वाम गठबन्धन गरिएको बताए छ । नेपालको जातजातिमा द्धन्द फैलाउने र हिंसा फैलाउने पार्टी वाम गठबन्धन अनिष्टकारी रहेको बताए ।