केपी ओलीको घरमा बम विस्फोट

0
Shares

झापा ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको झापामा रहेको घरको गेटमा बम विस्फोट भएको छ । शनिबार बिहान ४ बजेतिर झापाको दमक नगरपालिका–५ मा रहेको ओलीको घरको पूर्वी गेटमा विस्फोट भएको हो ।

विस्फोटबाट गेटमा सामान्य क्षति भएको छ । यस्तै त्यहिँ नजिकै अर्को विस्फोटक पर्दाथ पनि भेटिएको छ । त्यसलाई सुरक्षाकर्मीले घेराहालेर राखेका छन् ।

विस्फोटक पदार्थलाई निष्क्रिय पार्नका लागि बम डिस्फोजल टोली जाँदैछ । घटनाका बारेमा थप विवरण आउन बाँकी रहेको छ ।