रुकुममा जीप दुर्घटनाः ६ जनाको ज्यान गयो, ४ घाईते



धनवीर दाहाल, रुकुम । पुर्वी रुकुमको सदरमुकाम रुकुमकोट वाट पश्चिम रुकुमको सदरमुकाम मुसीकोट आईरहेको ग १ ज ४२६० नम्वरको जीप मुसीकोट नगरपालिकाको वडा नं. ६ साँखमा दुर्घटनामा परेको छ । दुघर्टनामा परेको जीप मध्यपहाडी लोकमार्गवाट झण्डै एक सय मिटर तल पुगेको वताईएको छ । जीपमा सवार रहेका मध्ये अहिलेसम्म ६ जनाको मृत्यु भएको र ४ जना गम्भीर घाईते भएको उद्धारमा रहेका वामगठवन्धन पश्चिम रुकुम क्षेत्र नं. २ का उम्मेद्धार गोपाल शर्मा अनलले जानकारी दिए ।
मृत्यु हुनेहरुमा मुसीकोट नगरपालिका वडा नं। १ का जनक शाह, सुदन श्रेष्ठ, शेरवहादुर श्रेष्ठ र मुसीकोट नगरपालिका वडा नं। ४ की सुधा मल्ल, त्रीबेणी गाउँपालिका ६ की यमुना मल्ल र रुकुमकोट निवासी प्रहरी ईन्सपेक्टर नविन श्रेष्ठ रहेका छन।
दुर्घटनामा घाईतेहरुलाई उपचारका लागि जिल्ला अस्पत्ताल पुर्याईएको छ ।

प्रतिक्रिया दिनुहोस्